प्रसारण लाइनमा अवरोध गर्ने रुखका हाँगा हटाउँदै महानगर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रसारण लाइनमा अवरोध गर्ने रुखका हाँगा हटाउँदै महानगर


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हाइटेन्सन लाइन(उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालेको छ । महानगरले विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म रुखको हाँगा हटाउन थालेको हो ।

विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको महानगरले जनाएको छ ।

काटिएका हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गरिएको महानगरको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस