दार्चुलामा सत्ता गठबन्धनद्वारा कार्यकर्ता कुटिएको भन्दै सडक अवरुद्ध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दार्चुलामा सत्ता गठबन्धनद्वारा कार्यकर्ता कुटिएको भन्दै सडक अवरुद्ध


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन् ।

आफ्ना कार्यकर्तालाई नेकपा एमालेका कार्यकर्ताले कुटेको भन्दै सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका हुन् ।

नौगाड गाउँपालिका-६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कार्यकर्ता बीच आइतबार झडप भएको थियो ।

गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलङ्गा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका छन् ।

गठबन्धनका कार्यकर्ताले झडपमा संलग्न एमाले कार्यकर्तालाई पक्राउ गरे मात्रै सडक खुलाउने दावी गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस