सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कायम भएको छ भने त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस