युएईविरुद्ध नेपालले रोज्यो फिल्डिङ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

युएईविरुद्ध नेपालले रोज्यो फिल्डिङ


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । युएईविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा केही बेर अघि टस जितेर नेपालले बलिङ गर्न लागेको हो ।

कप्तान सन्दीप लामिछानेलाई फौजदारी अभियोग लागेपछि नेपाल क्रिकेट संघले यो श्रृंखलादेखि नेपालको कप्तानका रूपमा रोहित कुमार पौडेललाई नियुक्त गरेको छ । आधिकारिक कप्तानका रूपमा रोहितको यो पहिलो श्रृंखला हो । उनले घरेलु वातावरण र दर्शकको साथले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेका छन् ।

टी(२० विश्वकप खेलेर फर्किएको युएई टोलीको नेतृत्व सिपी रिजवानले गरेका छन् । ओडिआईमा हरिशंकर शाह र अर्जुन साउदले डेब्यू गरेका छन् । अर्जुन विकेटकिपर र हरिशंकर अलराउण्डर हुन् । अर्जुनले केन्या टुरमा टी-२० आईमा डेब्यु गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस