जनताले देखाएको समर्थनले उत्साहित छु, फराकिलो मतान्तरले जित्छु : विष्णु पौडेल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

जनताले देखाएको समर्थनले उत्साहित छु, फराकिलो मतान्तरले जित्छु : विष्णु पौडेल


२६ कार्तिक २०७९, शनिबार


रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जित्ने दावी गरेका छन् ।

रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पौडेलले शनिबार घरदैलो गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पहिलेभन्दा फराकिलो मतान्तरले जित हासिल गर्ने दावी गरे ।

उपाध्यक्ष पौडेलले घरदैलो गर्ने क्रममा जनताले आफुहरूलाई देखाएको उत्साहपूर्ण सहभागिता, माया र आर्शिवादले पनि आफुले जित्ने कुरामा दुईमत नभएको बताए । उनले विगतका निर्वाचनको तुलनामा भन्दा यस पटकको निर्वाचनमा जनताले देखाएको समर्थनले आफु उत्साहित बनेको प्रतिक्रिया दिए ।

पौडेलले रुपन्देहीलाई विकासको हिसाबले देशकै नमुना जिल्ला बनाउन आफु लागिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस