झारफुक गर्ने क्रममा झाँक्रीले अगुल्टो मुखमा झोस्दा र्‍यापर कुँवर गम्भीर घाइते « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

झारफुक गर्ने क्रममा झाँक्रीले अगुल्टो मुखमा झोस्दा र्‍यापर कुँवर गम्भीर घाइते


२६ कार्तिक २०७९, शनिबार


नवलपरासीपूर्व । नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो ।

काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्‍यापर समेत रहेका कावासोती-१ निवासी २० वर्षे मिलनजङ्ग कुँवर बिरामी भएर घर आएका थिए । उनको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो । सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक-पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन् ।

घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारजनले जानकारी दिएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान भइरहेको पाठकले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस