आर्मीको टिममा सोमपाल प्रवेश, एपीएफले मानेन फाइनल खेल्न « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आर्मीको टिममा सोमपाल प्रवेश, एपीएफले मानेन फाइनल खेल्न


२६ कार्तिक २०७९, शनिबार


काठमाडौँ । पाँचौँ प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज हुने फाइनल खेलमा आर्मीको टिममा सोमपाल कामीलाई समावेश गर्दा एपीएफले टस गर्न अस्वीकार गरेको छ।

जारी प्रतियोगितामा डेंगु संक्रमणका कारण टिम बाहिर रहेका सोमपाललाई खेलाउन लाग्दा विपक्षी टोली एपीएफले अस्वीकार गरेको हो ।

आर्मी र एपीएफबिचको खेल बिहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा सुरु हुने तालिका रहेको थियो । तर सोमपाललाई खेलाउने विवादका कारण खेल सुरु हुन ढिला भएको छ ।

आर्मीले प्लेइङ ११ मा सोमपालको नाम समावेश गरेपछि एपीएफका कप्तान शरद भेषावकरले टस गर्न मानेनन् । आर्मीको टोलीले सोमपाललाई टिममा राख्न नपाउने तर्क पेस गरेको छ ।

आर्मीले १४ सदस्यीय टोलीका अनिल मण्डल चोटग्रस्त हुँदा उनको स्थानमा सोमपाल कामीलाई प्रतिस्थापन गर्दै प्लेइङ ११ मै राखेको थियो ।

आर्मीले खेलाडी परिवर्तनका लागि २४ घण्टाअघि नै निवेदन दिएपछि प्रतियोगिताको प्राविधिक समितिले स्वीकृति दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस