नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली घोषणा


२६ कार्तिक २०७९, शनिबार


काठमाडौँ । यही कात्तिक ३० गते नेपालसँग हुने मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टोली घोषणा भएको छ ।

पाकिस्तानले शुक्रबार हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको हो । खेलका लागि पाकिस्तानी टोली भोलि (आइतबार) नेपाल आइपुग्ने एन्फाले जनाको छ । नेपाली टोली रोहित चन्दको कप्तानीमा घोषणा भइसकेको छ ।

फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । खेल दशरथ रङ्गशालामा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस