२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्कृष्ट एक पाठकलाई हरेक महिना १० हजार पुरस्कार

अ+ अ-

टीकापुर । कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना पाठकले हरेक महिना १० हजार पुरस्कार पाउने भएका छन् ।

पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबिच भएको सहमतीअनुसार पुस्तकालयले यस्तो व्यवस्था गरेको हो ।

सरोकार समूहका अध्यक्ष प्रशान्त अर्याल र पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो व्यवस्था भएपछि सामुदायिक पुस्तकालयमा गएर अध्ययन गर्नेहरू मध्येबाट प्रत्येक महिना एक जना पाठकले सो पुरस्कार पाउने भएका हुन् । समूहका अध्यक्ष अर्यालले पछिल्लो समय प्रविधि र स्मार्ट फोनले पढ्ने बानी हट्दै गएको बताए ।

‘‘काठमाण्डौँदेखि न्यूयोर्कसम्म पढ्ने बानी हराएको र स्मार्ट फोनमा हलुका विषयवस्तु हेर्ने र पढ्ने बानी बसेको छ’, अर्यालले भने, ‘पुस्तकालय आएर गहन विषय अध्ययन गर्न सके असल चरित्र भएको व्यक्तित्व निर्माण हुन्छ ।’ उनले पठन संस्कृति प्रवर्द्धन गर्न सुरुमा एक वर्ष यो कार्यक्रम गरिने र प्रभावकारी भए कार्यक्रम थप गर्ने बताए ।
पुस्तकालयमा १० हजार बढी विभिन्न विधाका पुस्तक छन् । अहिले दैनिक ३० देखि ३५ जना नियमित पाठक रहेको बताइएको छ । २०६४ सालमा स्थापना भएको पुस्तकालयमा वाचनालय र बाल कक्षको व्यवस्था छ । बिदाको दिन बाल कक्षमा बालबालिका रमाउने र पढ्ने व्यवस्था छ । पुस्तकालयमा करिव दुई दर्जन ल्यापटप र कम्प्युटर रहेको सूचना प्रविधि कक्ष छ । यहाँ बालबालिकालाई कम्प्युटर सिक्ने व्यवस्था पनि मिलाइएको छ ।

टीकापुर सामुदायिक पुस्तकालय र सरोकार समूहले कार्यविधि बनाएर पुरस्कार वितरण गरिने छ । ‘मङ्सिरदेखि अर्को मङ्सिर महिनासम्मका लागि पहिलो चरणका लागि सम्झौता भएको छ’, समूहका सचिव नवराज भट्टराईले भने, ‘पुरस्कार वितरणलाई कार्यविधि बनाएर कार्यान्वयन गर्छौँ ।’

एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा र सरोकार समूह अध्यक्ष अर्यालले रकमको व्यवस्थाबारे आश्वस्त पारेको सचिव भट्टराइले बताए । सम्झौता हस्ताक्षर कार्यक्रममा पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले पठन संस्कृति पुनर्जागरण गर्न टीकापुर सरोकार समूहले गरेको सहयोगप्रति धन्यवाद दिए ।

उनले आगामी दिनमा अन्य कार्यक्रममा पनि सरोकार समूहसँग सहकार्य गर्ने अवसर मिल्ने आशा प्रकट गरे । पुरस्कारको व्यवस्थाले पाठकलाई प्रोत्साहन गर्ने जोशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस