काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५८ पैसा रहेको छ। युरो एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ६९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ २७ पैसा र बिक्री दर ३५ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।
