रोहित पौडेल राष्ट्रिय टोलीको कप्तान नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रोहित पौडेल राष्ट्रिय टोलीको कप्तान नियुक्त


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट सङ्घले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृङ्खला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो ।

रोहितले अब सन्दीप लामिछानेको स्थान लिनेछन् । केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन् । यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए ।

रोहितले नेपालको यू–१९ उमेर समूहको कप्तानी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस