रबी लामिछाने नेतृत्वको रास्वपाको कति सिट आउँछ ? « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

रबी लामिछाने नेतृत्वको रास्वपाको कति सिट आउँछ ?


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुरुमा चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न खोजेको स्वीकार गरेका छन् । तर क्याल्कुलेट गर्दा क्षेत्र नम्बर २ नै ठिक लागेर उम्मेदवार भएको उनले बताए ।

लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्, जहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेल र नेपाली काँग्रेसका उमेश श्रेष्ठ पनि प्रतिस्पर्धामा छन् ।

चुनावी अभियानमा रहेका लामिछानेले आफ्ना प्रतिस्पर्धीले के गरिरहेका छन् भन्ने धेरै ध्यान दिन नपाएको बताए । 

राजनीतिमा होमिएपछि चितवनबाट चुनाव लड्छु भन्ने रहेको तर, क्षेत्र नम्बर २ भने अन्तिम समयमा छनोट गरेको उनले स्वीकार गरे । 

झण्डै एक दशकको तयारी गरेर राजनीतिमा आएको दाबी गरेका रविले ४ मंसिरको चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीको कति सिट आउँछ भन्ने चाहिँ आकलन गर्न चाहेनन् । उनले हिसाब नगरेको छैन, तर राम्रो माहोल देखिएको बताए ।

अहिले नागरिकमा चरम निराशा रहेको भन्दै उनले राजनीतिमा आशा जगाउनुपर्ने बताए । पार्टीको विधानमा नै दुई कार्यकालको व्यवस्था रहेकाले उनले १० वर्ष सक्रिय राजनीति गर्ने र त्यसपछि सल्लाहकार वा त्यस्तै भूमिकामा जाने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस