चुनाव जिताएर पठाउनुस्, राजनलाई मन्त्री बनाउँछु : देउवा  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

चुनाव जिताएर पठाउनुस्, राजनलाई मन्त्री बनाउँछु : देउवा 


२५ कार्तिक २०७९, शुक्रबार


Ser-Bahadur-Deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ क्षेत्र नम्बर १० मा पार्टीका उम्मेदवार राजन केसीलाई चुनाव जिताएर पठाएर मन्त्री बनाउने आश्वासन दिएका छन् ।

शुक्रबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, राजनजीलाई चुनाव जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो ।’

२०७० र ०७४ मा चुनाव जितेका केसी मन्त्री भएका छैनन् । यो पटक देशका अधिकांश स्थानमा सत्तारुढ दलहरूको गठबन्धन हुँदा कीर्तिपुरमा माओवादी केन्द्रको छुट्टै उम्मेदवार छ । प्रदेशसभा (१) तर्फ आफूलाई नछाडेको भन्दै माओवादीले स्थायी कमिटी सदस्य अञ्जना विशंखेलाई उठाएको छ ।

एकीकृत समाजवादी भने काँग्रेससँगै छ । प्रदेश (१) मा काँग्रेसमा पुकार महर्जन र (२) मा एकीकृत समाजवादीका रमा आले मगर उम्मेदवार छन् ।

कार्यक्रममा देउवाले विचार सिद्धान्त फरक फरक भएपनि संविधान र लोकतन्त्र जोगाउन आफूहरूले गठबन्धन गर्नु परेको बताए । यो चुनावले पनि मूलकलाई कता लैजाने भनेर फैसला गर्ने भन्दै उनले भने, ‘यदि हामीले जित्यौँ भने १०-१५ वर्षसम्म गठबन्धन जान्छ । लोकतन्त्र र शान्ति स्थायी हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस