गणेशमानको उत्तराधिकारी म हुँ : रवीन्द्र मिश्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गणेशमानको उत्तराधिकारी म हुँ : रवीन्द्र मिश्र


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । राप्रपाका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले कांग्रेस नेता गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दावी गरेका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो दावी गरेका हुन् ।

‘गणेशमान सिंहको सुपुत्र प्रकाशमानजी आज मेरो निर्वाचन क्षेत्रमा १५ वर्ष सांसद भएपछि प्रतिस्पर्धी बन्नुभएको छ । मलाई यहाँ उभिएर यो दावी गर्न अप्ठेरो छैन, गणेशमान सिंहका सुपुत्र प्रकाशमानजी रगतले उहाँको उत्तराधिकारी हुनुहुन्छ, तर राजनीतिक रुपमा यो देशको लागि यो देशलाई शिरमा राखेर राजनीति गर्ने गणेशमानको दृढता, प्रतिवद्धता र त्यागका साथै देश अघि बढाउने परिकल्पना गर्नुभयो गणेशमानजीको हिसाबले राजनीतिको उत्तराधिकारीचाँही म हुँ’, मिश्रको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस