पल शाहले दिए उच्च अदालत पोखरामा पुनरावेदन   « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पल शाहले दिए उच्च अदालत पोखरामा पुनरावेदन  


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । पल शाहको तर्फबाट जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दायर गरिएको छ । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले शुक्रबार शाहको तर्फबाट उच्च अदालत पोखरामा पुनरावेदन दायर गरेको जानकारी दिए ।

पलविरुद्ध नाबालिगलाई जबरजस्तीकरणी गरेको मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ २१ सफाइ दिएको थियो । जबरजस्ती करणीको अभियोजनमा सफाई दिए पनि पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै दुई वर्ष ६ महिनाको कैद सजाय र नाबालिकालाई १० लाख रुपैयाँ जरिबानाको फैसला सुनाइएको थियो । 

सोही फैसलामा चित्त नबुझेको भन्दै पलका तर्फबाट पुनरावेदन दर्ता गरिएको हो । 

जिल्ला अदालतको फैसलामा नाबालिगमाथि बलात्कार भएको पुष्टि हुन नसकेको भन्दै पलले जबरजस्ती करणीको अभियोजनबाट सफाई पाएका थिए । तर, प्रमाणमा प्राप्त भएका अडियो र मेसेजहरूको आधारमा बालयौन दुरुपयोगमा सजाय भएको हो ।

पलका वकिल खनालले जिल्ला अदालतबाट भएको सो फैसला त्रुटिपूर्ण रहेको बताएका छन् । सोही कारण उनीहरूले पुनरावेदन गरेका छन् । 

उनी वादीले आफूलाई जबरजस्ती करणी नभएको भन्दै अदालत सामु बयान दिइसकेपछि पछि सोही बयानलाई प्रमाणको रूपमा ग्रहण गर्नु पर्ने बताउँछन् । अदालत सामु बयान दिँदा नाबालिग बालिका र जाहेरवालाले भ्रमले गर्दा जाहेरी दिएको कुरा व्यक्त गरेकाले सो घटना नै नघटेको उनी बताउँछन् । 

फौजदारी मुद्दामा अभियोग पुष्टि गर्ने भार अभियोगकर्तामा हुने र सोको पुष्टि हुन नसके अभियुक्तले सफाइ पाउने आधारको बर्खिलाप गर्दै न्यायाधीशले माग गरिएको अभियोगभन्दा छुट्टै अभियोगमा सजाय गर्ने गरी भएको फैसला, सर्वोच्च अदालतबाट स्थापित सिद्धान्तहरू विपरीत भएको समेत बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस