२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कपनको खहरे समस्या समाधान गर्न नसके फेरि मत माग्न आउँदैनौँ : गगन थापा

अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनमा खहरेको समस्या दुई वर्षमा समाधान नगरे पुनः मत माग्न नआउने बताएका छन् ।

बुढानीलकण्ठको वडा नम्बर १० मा घरदैलो प्रचारको क्रममा उनले मतदातासँग उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौँ भने अर्को पटक तपाईँहरूको वीचमा मत माग्न आउँदैनौँ,’ थापाले भने । घर अगाडिको ढल र फोहोर मात्रै नभएर देशकै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्य सहित मत माग्न आएको उनले बताए ।

सामान्य वर्षा हुँदा समेत काठमाडौँको कपन क्षेत्रमा बाढी आउँछ । वर्षातको समयमा कपन बाढीले स्थानीयलाई सास्ती पुर्‍याइरहेको छ । बुढानीलकण्ठ वडा नम्बर ११ र त्यसै पालिकाको वडा नम्बर १२ हुँदै वडा नम्बर १० तिर यो बग्छ ।

यो समस्या समाधान गर्न बाढी नियन्त्रणका लागि ‘बक्स कल्भर्ट’ बनाउने गरी नयाँ योजना अघि बढे पनि त्यसले अन्तिम रूप पाएको छैन । आनी गुम्बामा १६ फिटको ‘बक्स कल्भर्ट’ बनाइएको छ । बाढीको समस्या समाधान गर्न उक्त बक्स कल्भर्ट आने गुम्बादेखि साततलेसम्म बन्नुपर्दछ । माथिल्लो भागमा बक्स कल्भर्ट बन्ने प्रक्रिया सुरु भए पनि तल्लो भागतिर निर्माणले गति लिएको छैन ।

बाढी नियन्त्रणका लागि चरण-चरण गरी सवा अर्ब बढी रुपैयाँ बढी बजेट विनियोजन भइसकेको छ । तर, दीर्घकालीन समाधान निस्केको छैन ।

दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले काँग्रेस महामन्त्री थापाले ‘धोबीखोला कोरिडोर कपन-बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ को प्रस्ताव अघि बढाएका थिए । उनको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । कपन क्षेत्रको डुबान नियन्त्रणका लागि अघिल्लो महिना पुनः टेन्डर खुलेको छ ।