१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासनमा कर्मचारी टिकाउनै मुस्किल छ : गृह सचिव सिंह

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताएका छन्। 

इलाका प्रशासन कार्यालय, टीकापुरको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले कामको चापका कारण प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताएका हुन्।

‘राज्यबाट नागरिकका लागि थप हुने सेवा सुविधा गृह मन्त्रालयमार्फत थप हुँदै गएका छन्। जनशक्ति थप हुने कुरामा समस्या हुँदै आएको छ,’ उनले भने, ‘भएको जनशक्ति पनि कामको चाप बढी हुने भएकाले प्रशासनमा बस्न मान्दैनन्।’

कर्मचारीलाई प्रशासन क्षेत्रमा टिकाउन थप सेवा सुविधाको व्यवस्थापन गर्न आवश्यक देखिएको उल्लेख गर्दै उनले त्यसमा मन्त्रालयले समन्वय गरिरहेको बताए।

सेवाग्राहीका दृष्टिकोणले इलाका प्रशासन कार्यालय, टीकापुरमा जनशक्ति थप गर्ने कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले ११ कर्मचारीले कैलालीको कुल जनसंख्याको एक तिहाइ सेवाग्राहीलाई सेवा प्रवाह गर्नु चानचुने कुरा नभएको बताए।

‘समस्या देशैभरका प्रशासनमा छ। कामको चाप बढी, जनशक्ति कम हुँदा सेवा प्रवाह समस्या देखिनु स्वाभाविक हो। इलाका प्रशासन कार्यालय, टीकापुरको कार्यालय व्यवस्थापनसँगै कर्मचारी व्यवस्थापनमा गृहको ध्यान जानेछ,’ उनले भने।

२०७७ पुस २६ गते प्रशासन कार्यालयको भवन निर्माणका लागि नागार्जुन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। २०७९ पुस २५ गते सम्पन्न गर्नुपर्ने भवनको काम निर्माण कम्पनीले समयभन्दा अगाडि, २०७९ असोज ७ गते नै सम्पन्न गरिसकेको थियो। तीन करोड २३ लाख ८८ हजार पाँच सय ३१ रुपैयाँ लागतमा भवन निर्माणको लागि सम्झौता भएको थियो।

इलाका प्रशासन कार्यालय, टीकापुरमा कैलालीका पाँच स्थानीय तहका सेवाग्राही सेवाका लागि आउने गरेका छन्। टीकापुर, भजनी, लम्कीचुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका करिब तीन लाख १५ हजार सेवाग्राहीले प्रशासन कार्यालयबाट सेवा लिने गरेको कार्यालयका प्रमुख पुष्कर खड्काले जानकारी दिए।

‘दैनिक ७० देखि ८० नयाँ नागरिकता, ५० देखि ६० नागरिकताको प्रतिलिपि लिनका लागि मात्रै सेवाग्राही प्रशासनमा आउने गर्नुभएको छ,’ कार्यालय प्रमुख खड्काले भने,’जनशक्ति निकै कम छ। भएको दरबन्दीअनुसार पनि कर्मचारी व्यवस्थापन हुन सकेको छैन।’

प्रतिक्रिया दिनुहोस