निर्वाचनमा खटिने कर्मचारीले पनि मतदान गर्न पाउने, तोकियो मतदान केन्द्र (सूचीसहित) « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

निर्वाचनमा खटिने कर्मचारीले पनि मतदान गर्न पाउने, तोकियो मतदान केन्द्र (सूचीसहित)


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि एक सय ४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ । 

२०७२ सालमा लागू भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो । त्यही व्यवस्थाअनुसार मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी व्यवस्था गरिएको आयोगले जनाएको छ । अस्थायी मतदाता हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।  

आयोगले एउटा जिल्लामा बढीमा आठ र घटीमा एक वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ । अस्थायी मतदाताको सूचीमा चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी, जेलमा बसेका कैदीबन्दीलगायत रहेका छन् ।

सूची !

Tags :
प्रतिक्रिया दिनुहोस