२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश जानुपर्ने दुःखद अवस्था अन्त्य गर्छौँ : राजेन्द्र लिङ्देन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका ठूला राजनीतिक दलहरूले फोहोरी राजनीति गरेको आरोप लगाएका छन्। बिहीबार उदयपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै लिङ्देनले यस्तो आरोप लगाएका हुन्।

अध्यक्ष लिङ्देनले आफूहरूले जस्तो देशमा ठूलो परिवर्तन गर्ने सोचका अहिलेका ठूला दलमा नभएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘ठूला दलहरूको फोहोरी राजनीतिले गर्दा देश ठूलो समस्यामा परेको छ। फोहोरी राजनीति सफा गर्ने अवसर जनताकोमा आएको छ।’

देश दौडाहामा लिङ्देनले जनताका समस्यालाई भोट रूपमा साट्न ठूला दलहरूले तयारी गरेकोसमेत आरोप लगाएका छन्। उनले भने, ‘यहाँ सुकुमबासी समस्या छ। त्यही सुकुमबासीको मुद्दालाई चुनावमा भोट बटुल्ने औजार बनाइएको सुनिन्छ।’

लिङ्देनले आफूहरू देशमा ठूलो परिवर्तन गर्ने सोचका साथ अघि बढेकोसमेत बताएका छन्। ‘पासपोर्ट बोकेर विदेश जानुपर्ने दुःखद अवस्था देशमा छ। उक्त अवस्थाको अन्त्य गर्न हामी तयार छौँ।’ 

२०४६ सालबाट यता देशमा स्थिर सरकार बन्न नसकेको भन्दै ठूला राजनीतिक दलमा स्वार्थको खेल रहेको बताए। उनले भने, ‘पटक-पटक फुट्नु, सत्ता लिप्त हुनु र वैदेशिक ऋणको दलदलमा देशलाई डुबाउनुले देश कुनै पनि वेला दुर्घटना जान सक्नेछ।’

प्रतिक्रिया दिनुहोस