रामचन्द्र पौडेललाई १२ बुँदे मागसहित १२ किलोको माला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रामचन्द्र पौडेललाई १२ बुँदे मागसहित १२ किलोको माला


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा तनहुँ १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेललाई अर्चले गाउँका बासिन्दाले १२ किलोको माला लगाइदिएका छन् ।

स्थानीय बासिन्दाले उनीसँग १२ बुँदे माग पनि राखेका छन् ।

घर दैलो अभियानमा भानु नगरपालिका वडा नम्बर १२ स्थित अर्चले गाउँमा पुगेका पौडेललाई १२ किलोको फूलको मालाले स्वागत तथा सम्मान गरिएको हो ।

भानु १२ मा कम्तिमा पनि १२०० को मतको अन्तरले अग्रता लिनु भन्ने शुभकामनासहित १२ बुँदे विकासका माग राखेर पौडेललाई १२ किलोको मालाले स्वागत गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

भानु नगरपालिका काँग्रेसकै पूर्व नेता तथा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको क्षेत्र हो । तनहुँ १ मा पौडेल र जोशी तथा नेकपा एमालेका एकबहादुर रानासहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस