राजा चार्ल्समाथि अण्डा प्रहार, एक जना पक्राउ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राजा चार्ल्समाथि अण्डा प्रहार, एक जना पक्राउ


२४ कार्तिक २०७९, बिहिबार


लन्डन । योर्क सहरको भ्रमणमा रहेका बेला राजा चार्ल्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजा रानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङ्टन पोस्टले जनाएको छ ।

राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले ‘यो देश दासको रगतले बनेको हो,’ नारा लगाएका थिए भने भीडले ‘भगवान्ले राजालाई बचाउन् नारा लगाएको थियो । राजा चार्ल्स नाराबाजीबाट प्रभावित हुन भएन बरु उनी ‘फुटपाथ’मा छरिएका अण्डाका वरिपरि घुमिरहेका थिए ।

राजा चार्ल्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा थिए ।

यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्यान्डको एडिनबरामा एक जना प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । उनले ‘राजतन्त्रको अन्त्य गर,’ लेखिएको ‘प्लेकार्ड’ बोकेर राजा चाल्र्सको विरोध गरेका थिए ।

बेलाइतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ । सन् १९८६ मा न्युजिल्यान्डको राजकीय भ्रमणमा रहेका बेला महारानी एलिजाबेथमाथि एक महिलाले अण्डा प्रहार गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस