टी-२० विश्वकप : इङ्ल्यान्डविरुद्ध पहिले ब्याटिङमा भारत   « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

टी-२० विश्वकप : इङ्ल्यान्डविरुद्ध पहिले ब्याटिङमा भारत  


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । आइसिसी टी-ट्वान्टी विश्वकपको दोस्रो सेमिफाइनलमा इङ्गल्यान्डविरुद्ध भारतले पहिले ब्याटिङ गरिरहेको छ । 

एडिलेट ओभलमा इङ्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि भारतले ब्याटिङको निम्तो पाएको हो ।

आजको खेलमा जित निकाल्दै दुवै टोली तेस्रो पटक फाइनलमा पुग्ने योजनामा हुनेछन् ।

यसअघि भारत दुई पटक फाइनलमा पुगेको थियो । भारतले सन् २००७ को विश्वकप जितेको थियो । यता इङ्ल्यान्ड दुई पटक फाइनलमा पुगेको थियो भने सन् २०१० को तेस्रो संस्करणको टी-ट्वान्टी विश्वकपको उपाधि जितेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस