मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरूको सेयर रोक्का हुने व्यवस्था खारेज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरूको सेयर रोक्का हुने व्यवस्था खारेज


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरूको सेयर रोक्का हुने व्यवस्था खारेज गरेको छ । बोर्डले ‘धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी अब मर्जर हुँदा साधारण सेयरधनीको सेयर कारोबार एकीकृत कारोबार हुँदा १५ दिन मात्रै रोक्का हुने भएको छ ।

तर, आधारभूत सेयरधनीको सेयर कारोबार भने रोक्का हुनेछ । मर्जर सम्झौता भएको सूचीकृत कम्पनीले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको दिन वा भोलिपल्ट कारोबार सुर हुन अगाडि साधारणसभा नभएसम्म सेयर कारोबार रोक्का राख्न आधारभूत सेयरधनीको विवरणसहित सङ्गठित संस्थाले धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

यस्तै आधारभूत सेयरधनीको विवरण धितोपत्रको राफसाफ तथा अन्य कुनै कारणले हेरफेर भएमा तत्काल वा भोलिपल्ट कारोबार समय अगाडि नै धितोपत्र बजार वा केन्द्रीय निक्षेप सेवा प्रदायकलाई उपलब्ध गराउनुपर्ने निर्देशिकामा उल्लेख छ । सोहीअनुसार कारोबार रोक्का हुने आधारभूत सेयरधनीको विवरण अद्यावधिक हुने जनाइएको छ ।

निर्देशिका कार्यान्वयनमा आएसँगै साधारण सेयधनीको सेयर कारोबार भने १५ दिनका लागि मात्रै रोक्का हुने भएको छ । ‘मर्जरमा गएको संस्थाको एकीकृत व्यवसायीक कारोबार गरेको मितिबाट गाभ्नेरगाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोबार रोक्का राख्न सम्बन्धित सङ्गठित संस्थाले धितोपत्र बजार समक्ष निवेदन दिनुपर्नेछ,’निर्देशिकामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस