हाम्रो पार्टीको सरकार बन्यो भने वृद्धभत्ता ५ हजार बनाउँछौँ : नेपाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हाम्रो पार्टीको सरकार बन्यो भने वृद्धभत्ता ५ हजार बनाउँछौँ : नेपाल


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेको खण्डमा वृद्धभत्ता ५ हजार पुर्‍याउने बताएका छन्।

केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले १ सय रुपैंयाबाट सुरु भएको वृद्धभत्ता अहिले ४ हजार पुगेको बताए।

‘अरुले नगरेको काम हामीले गरेका हौँ। बुढापाकालाई हामीले पेन्सन दिन सुरु गर्‍यौँ,’ नेपालले भने, ‘१ सय रुपैँयाबाट सुरु गरेको पेन्सन अहिले ४ हजार दिइरहेका छौँ। भोलि हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्‍याउँछौँ भनेर भनिरहेका छौँ, यो हाम्रो वचन हो।’

साथै, उनले इमानदारिताको भावना भएपछि जनताले विश्वास गर्ने बताए। राजनीतिमा उकाली र ओराली सामान्य भएको उनले टिप्पणी गरे।

‘नेपालको राजनीतिमा उकाली र ओराली भनेको सामान्य कुरा रहेछ,’ नेपालले भने, ‘यो कम्युनिस्ट पार्टी र अनय पार्टीलाई पनि लागु भएको छ। अरु पार्टी पनि एकतावद्ध, विभाजन, फेरि एकता हुँदै गएका छन्।’

तर, जतिसुकै विभाजित भएपनि, जतिसुकै पार्टी परित्याग गरेपनि कम्युनिस्ट पार्टी नै रोजेको पाइने गरेको उनले उल्लेख गरे। नेपालले भने, ‘यो भनेको कम्युनिस्ट पार्टीप्रतिको विश्वास राख्नु हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस