यो अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो, दुर्गम क्षेत्रको भविष्य गठबन्धनले फेर्छ : कृष्णबहादुर महरा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यो अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो, दुर्गम क्षेत्रको भविष्य गठबन्धनले फेर्छ : कृष्णबहादुर महरा


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले आसन्न निर्वाचन सत्ताको स्वार्थका लागि नभई अग्रगमन र प्रतिगमनबीचको लडाइँजस्तै रहेको बताएका छन् । 

बुधबार बंगलाचुली गाउँपालिकामा सत्तारुढ गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै महराले मुलुकको भाग्य, भविष्य, संविधान जोगाउने र नजोगाउने पक्षबीचको युद्धका रूपमा रहेको निर्वाचनमा मतदाताले अग्रगमनकारी शक्तिलाई विजयी बनाउनुपर्नेमा जोड दिए ।

उनले पहाडी दुर्गम गाउँपालिकाको भविष्य गठबन्धन सरकारले नै फेर्ने दाबीसमेत गरे । गठबन्धनको मर्म र धर्मलाई आत्मसात् गर्दै स्थानीय निर्वाचनमा गाउँपालिकामा सत्ता गठबन्धनले विजय हासिल गराएका मतदाताहरूलाई धन्यवाद दिँदै उनले संघीय संसद र प्रदेशसभा निर्वाचनमा पनि त्यस्तै साथ दिनेमा आफू ढुक्क रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस