यू-१५ महिला च्याम्पियनसिप-भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

यू-१५ महिला च्याम्पियनसिप-भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

ढाकामा बुधबार भएको खेलमा भुटानलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औँ मिनेटमा गोल गरेकी हुन् ।

सेनु वर्षा ओलीको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७(० गोलले हराएको थियो ।

यस जितसँगै नेपालले ३ खेलमा पराजित रहदै ९ अङ्क जोडेको छ । नेपाल शीर्ष स्थानमा उक्लिएको छ ।

भुटान अङ्क विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । भुटानले ४ खेलमै हार व्यहोर्यो ।

आयोजक बङ्गलादेश ३ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

अब नेपालले अन्तिम खेलमा शुक्रबार बङ्गलादेशको सामना गर्नेछ । उक्त खेल फाइनल सरहको हुनेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस