२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वर्षको आर्थिक अनुदान विवरण पेस गर्न क्यानलाई सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल सरकारबाट प्राप्त पछिल्लो पाँच वर्षको आर्थिक अनुदान विवरण पेस गर्न आदेश दिएको छ । 

आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले कात्तिक १८ गते क्यानलाई उक्त आदेश दिएको हो । साथै सर्वोच्चले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४४ (२) बमोजिम नेपाल सरकारको स्वीकृतिपत्रसमेत पेस गर्न भनेको छ ।

क्यानले नेपालको कानुनविपरीत भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स’लाई नेपाल टी-२० लिग आयोजना गर्ने जिम्मेवारी दिएको भन्दै एभरेस्ट प्रिमियर लिगका आमिर अख्तरले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । 

“विपक्षीमध्येका नेपाल क्रिकेट सङ्घले पछिल्लो पाँच आर्थिक वर्षमा नेपाल सरकारबाट प्राप्त गरेको आर्थिक अनुदानको विवरण र विवादित सम्झौताको परिप्रेक्षमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४४ ९२० बमोजिम नेपाल सरकारको स्वीकृतिपत्रसमेत विपक्षीहरूबाट पेस गर्न लगाई नियमानुसार गर्नू,” सर्वोच्चको ओदशमा भनिएको छ । 

आमिरको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र शाहिल थापाले बहस गरेका थिए । विपक्षी राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट  उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला तथा क्यानको तर्फबाट वरिष्ठ अधिवक्ता श्री रमण श्रेष्ठ र अपूर्व खतिवडाले बहस गरेका थिए । 

सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि मंसिर ८ गतेका लागि मिति तोकेको छ । 

नेपाल टी-२० लिग मंसिर २६ देखि पुस १६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।