शहरी विकास मन्त्री चौधरीलाई कारबाही गर्न मधेसी आयोगद्वारा पत्राचार  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शहरी विकास मन्त्री चौधरीलाई कारबाही गर्न मधेसी आयोगद्वारा पत्राचार 


प्रशासन संवाददाता

२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । संघीय शहरी विकास मन्त्री मेटमणि चौधरीलाई आवश्यक कारबाही गर्न मधेसी आयोगले निर्वाचन आयोगलाई पत्राचार गरेको छ । 

मन्त्री चौधरीले कार्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेसी समुदाय विवेकहीन र चेतना नभएको समुदाय रहेको जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेपछि मधेसी नागरिक समाज र संचारमाध्यमहरुले मधेसी आयोगमा उजुरी दर्ता गराएको छ । 

सो उजुरी दर्ता भएपछी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा मधेसी आयोगले निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्री चौधरीलाई आवश्यक कारबाही गर्न अनुरोध गरेको छ । अध्यक्ष डा. दत्तले मधेसी समुदायलाई लक्षित गरी यस्ता विभेदपूर्ण भाषण दिनु प्रति खेद व्यक्त गर्दै यस्ता अभिव्यक्तिहरु प्रति आयोग सचेत रहेको बताएका छन्  । 

Tags :
प्रतिक्रिया दिनुहोस