टि-२० विश्वकप : पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङमा न्युजिल्यान्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टि-२० विश्वकप : पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङमा न्युजिल्यान्ड


२३ कार्तिक २०७९, बुधबार


काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध पाकिस्तानले पहिले फिल्डिङ गरीरहेको छ ।

अस्ट्रेलियाको सिड्नीस्थित सिड्नी क्रिकेट मैदानमा टस जितेपछि न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ब्याटिङको निर्णय गरे ।

यी दुई टिमबीच हालसम्म २८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । तीमध्ये पाकिस्तानले १७ खेल जित्दा ११ खेलमा न्युजिल्यान्ड विजयी भएको छ ।

ट्वान्टी-२० विश्वकपमा भने यी दुई टिमबीच हालसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा पाकिस्तानले चार खेल जित्दा न्युजिल्यान्डले दुई खेल आफ्नो पक्षमा पारेको छ ।

आजको खेल जित्ने टिमले भारत र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग यही नोभेम्बर १३ मा उपाधिका लागि खेल्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस