२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ-७ : यस्ता छन् उम्मेदवारका चुनावी एजेण्डा !

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिन मात्रै बाँकी छ ।

आफ्नो चुनावी ‘एजेन्डा’ बोकेर उम्मेदवारहरू मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठूला राजनीतिक दलबिच नै हुने देखिन्छ । यद्यपि स्वतन्त्र रूपमा उम्मेदवारी दिनेको सङ्ख्या पनि कम छैन ।

काठमाडौँ क्षेत्र नं -७ मा प्रतिनिधिसभा सदस्यमा विभिन्न राजनीतिक दलका तर्फबाट १३ र १६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनबाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर मैदानमा छिन् । नेकपा (एमाले) बाट श्यामकुमार घिमिरे उम्मेदवार छन् । यमीलाई नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी)को समर्थन छ ।

सो क्षेत्रमा विसं २०७४ निर्वाचनमा नेकपा (एमाले)बाट रामवीर मानन्धर निर्वाचित भएका थिए । उनले आठ हजार २३ मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रमबहादुर थापालाई पराजित गर्दै १८ हजार एक सय दुई मत प्राप्त गरेका थिए । तीव्र आर्थिक विकासका लागि लगानीमैत्री वातावरण बनाउने र प्रर्वद्धन सहजीकरण गर्ने अठोटका साथ गठबन्धनका उम्मेदवार मानुषी अघि बढेकी छन् । कुल गार्हस्थ्य बचत वृद्धि गरी लगानीतर्फ प्रोत्साहन गर्ने उनको चुनावी प्रमुख एजेन्डा रहेको छ ।

यसपटक पूर्व सांसद मानन्धर स्वतन्त्र रूपमा घण्टाघर चुनाव लिएर चुनावी मैदानमा छन् । ०७४ सालको निर्वाचनमा निर्वाचित उनी मानन्धर आफूले सुरु गरेर पूरा गर्न नभ्याएका बाँकी विकासका योजना पूरा गर्न पुनः उम्मेदवारी दिएको बत्ताउँछन् । उनी आफ्नो जित कायम राख्ने कसरतमा छन् । सो क्षेत्रमा तीन उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

एमाले उम्मेदवार घिमिरे कला, संस्कृतिको संरक्षण गर्दै पर्यटकीय विकासका योजनालाई अघि बढाउने एजेन्डासहित चुनावमा होमिएका छन् । त्यस्तै, सो निर्वाचन क्षेत्रमा १० वडा समेटिएका छन् । ती मध्ये काठमाडौँ महानगरपालिकाका चार, नागार्जुन नगरपालिकाका तीन र तारकेश्वर नगरपालिकाका तीन वडाहरू रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनको नतिजाअनुसार काठमाडौँ महानगरको १६, १७ र २५ सोही क्षेत्रअन्तर्गत पर्ने नागार्जुन नपा–१ र तारकेश्वर–५ मा काँग्रेसले जित हासिल गरेको छ । एमालेले काठमाडौँ महानगरअन्तर्गतका वडा नं १८, सोही निर्वाचन क्षेत्रअन्तर्गत पर्ने नागार्जुनको २, ३ र तारकेश्वरको वडा नं ४ मा जित हासिल गरेको छ । सो निर्वाचनमा काँग्रेसका वडाध्यक्षले १४ हजार एक सय ६७, एमालेका वडाध्यक्षले १२ हजार दुई सय दुई, नेकपा (माओवादी केन्द्र) ले पाँच सय ७६ र नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ३८ मत प्राप्त गरेका छन् । स्थानीय तहको मतका आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन नै बलियो देखिन्छ ।

स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरूमा मानन्धरसहित हेमबहादुर ढुङ्गेल, रोजिना अवाले, किरण केसी, सुजनराज बज्राचार्य, रवीन्द्रकुमार श्रेष्ठ, लोकप्रसाद सिंखडा, प्रसन्नकुमार अर्याल, यादवलाल कायस्थ, राजकुमार कोइराला, भरत तामाङ, मञ्जु माया तामाङ, जानुका पौडेल, हेम ढुङ्गेल, लक्ष्मण गजुरेल र ईश्वर अर्याल छन् ।

उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवविक्रम मल्ल, नेपालका लागि नेपाली पार्टीबाट राम नेपाली, जनसमाजवादी पार्टी नेपालबाट शैलेशराज श्रेष्ठलगायतले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँ–७ मा कुल मतदाताको सङ्ख्या ६१ हजार दुई सय ९१ रहेको छ । तीमध्ये ३१ हजार ६ सय ६४ महिला र २९ हजार ६ सय २७ पुरुष मतदाता रहेका छन् । सो क्षेत्रमा मतदान केन्द्र २९ र मतदानस्थल ७१ निर्धारण गरिएको छ ।