काँग्रेसका प्रदेश सभा उम्मेदवार थापाको निधन, के हुन्छ अबको निर्वाचन प्रक्रिया ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेसका प्रदेश सभा उम्मेदवार थापाको निधन, के हुन्छ अबको निर्वाचन प्रक्रिया ?


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । प्रदेश नं. १ का वनमन्त्री एवम् मोरङ क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । नेपाली काँग्रेसका उम्मेदवार थापाको निधनपछि सो क्षेत्रमा काँग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ ।

निमोनियाबाट पीडित थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ ।

त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने बताइएको छ । पर्याप्त समय बाँकी रहेकाले मतदान हुने मंसिर ४ को मिति भने फेरबदल नहुने उनले स्पष्ट पारका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस