भूकम्पमा घाइते भएकालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

भूकम्पमा घाइते भएकालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मङ्गलवार राति डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरूको यथाशीघ्र अस्पताल पुर्‍याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

गृहमन्त्री खाणले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई निर्देशन दिएका छन्।

गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार गर्न निर्देशन दिएका हुन्।

गृहमन्त्री खाणले घाइतेहरूको अवस्था र तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिएका थिए।

उनले भूकम्पमा परेर प्रभावित भएकाहरूलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा तत्कालका लागि वासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।

भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस