सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो 


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज एकै दिन तोलामा १४ सय रुपैयाँले बढेको छ। 

हिजो ३ सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा १४ सयले बढेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस्तै, आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ। तोलामा ३० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस