२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चुनाव हार्ने डरले गोकुलजी निदाउन छोड्नुभयो’ 

अ+ अ-

काठमाडौँ । निर्वाचनमा सत्ता गठबन्धनतर्फ प्रतिनिधिसभा उम्मेदवार शिव प्रसाद हुमागाईँले अघिल्लो पटक निर्वाचित संघीय सांसद विभिन्न काण्डमा मुछिएको भन्दै प्रदेशको बजेटमा भएका विकासका कामलाई सङ्घको प्रचार गरेर भ्रम फैलाइएको बताएका छन् । 

मंगलबार बिहान बाँस्कोटाको वडा मण्डनदेउपुर नगरपालिका वडा नं ४ (साविक नयाँगाउँ देउपुर)मा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘विकासवादी नारा लगाउँदै आएका नेताको घरमा मैले पोल पठाएर बत्ती बालिदिएको हुँ,’ उनले भने, ‘अहिले प्रदेश सरकार र सांसदबाट भएको काम समेत आफूले गरेको भन्दै भ्रम छर्ने काम भइरहेको छ ।’ आफू निर्वाचित भएपछि जनताको घरदैलोमा विकास निर्माण अघि बढाउने हुमागाईँले प्रतिबद्धता व्यक्त गरेका छन् । चुनाव हार्ने डरले गोकुल बास्कोटा निदाउन छोडेको पनि हुमागाईँले बताए । ‘विकासको कामले आफूलाई निन्द्रा नपरेको बताउन थाल्नुभएछ,’ हुमागाईँले  भने, ‘उहाँ विकास निर्माणका कुराले हैन, चुनाव हार्ने डरले निदाउन छाड्नुभएको हो, बर्बराउन थाल्नुभएको हो ।

त्यस्तै सत्ता गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार कञ्चनचन्द्र बादेले आफू भ्रष्टाचारका कुनै पनि काण्डमा नमुछिने भन्दै जनतालाई आश्वस्त पारे । उनले आफ्नो अघिल्लो कार्यकालमा संविधान र विकास दिएको भन्दै यो पटक निर्वाचित गराउँदा थप काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘बनेपालीको ज्वाइँ’ भएकोले भोट आउने विपक्षीले भ्रम छरेको भन्दै प्रजातन्त्रवादीको किल्ला बनेपाले संविधान मास्नेलाई भोट नदिने प्रस्ट पारे ।