काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर २ मा गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई चोरेर लगेर उम्मेदवार बनाएको टिप्पणी गरेका छन् ।
मंगलबार झापाको शनिश्चरेस्थित सालबारीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उम्मेदवार चोरीको आरोप लगाएका हुन् ।
अहिलेका गठबन्धनका उम्मेदवार एमाले उम्मेदवार देवराज घिमिरेका साधारण कार्यकर्ता मात्र भएको अध्यक्ष ओलीको भनाइ छ ।
ओलीले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका असाधारण रहेको पनि बताए । उनले विचार, संगठन, काम, कार्यक्षमता र अनेक हिसाबले एमाले देशको प्रमुख पार्टी भएको जिकिरसमेत गरे ।