खाद्य विभागका महानिर्देशकसहित १३ जनालाई सफाइ दिने अदालतको फैसला त्रुटिपूर्ण, अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खाद्य विभागका महानिर्देशकसहित १३ जनालाई सफाइ दिने अदालतको फैसला त्रुटिपूर्ण, अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनालाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै त्यसविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

अख्तियारले यसअघि मोबाइल भ्यानलगायतका विभिन्न सामग्री खरिदमा अनियमितता भएको ठहरसहित विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

महानिर्देशक कर्ण तथा पूर्णचन्द्र बस्ती, रविता श्रेष्ठ, गुरुदत्त गौतमसहितका १३ कर्मचारी तथा व्यापारीले मिलेमतो गरी गुणस्तरहीन सामान खरिद गरेको ठहरसहित अख्तियारले २४ करोड ८० लाख ९५ हजार ९ सय १६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तर, विशेष अदालतले भने हचुवाका आधारमा सबै प्रमाणको अध्ययन नै नगरी सफाइ दिएको भन्दै त्यसविरूद्ध अख्तियार सर्वोच्चमा गएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस