वाचा पूरा गर्न नसके मतदाताले दिएको सजाय भोग्न तयार छु : इश्तियाक राई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वाचा पूरा गर्न नसके मतदाताले दिएको सजाय भोग्न तयार छु : इश्तियाक राई


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले भनेका सबै कामहरू पूरा गर्ने वाचा गरेका छन्। 

निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा भएका कोणसभाहरूलाई सम्बोधन गर्दै उम्मेदवार राईले गर्न नसक्ने र भावनामा बगेर कुनै पनि सपना मतदातालाई नबाँडेको पनि बताए। 

‘हामीले नसक्ने र असम्भव योजनाहरूको लोभ देखाएर भोट माग्दैनौँ। जो गर्न सक्छौँ, जे यहाँको विकासका लागि आवश्यक छ त्यहीमात्रै भन्छौँ र गरेर पनि देखाउँछौँ’ उनले भने ‘तपाइहरूले देखिरहनुभएको छ, गर्छु र हुन्छ भनेका कामहरू भइरहेका छन्। ठूला बजेटका कामहरू गर्न केही समय लाग्छ तर ती पक्कै पूरा हुन्छन्।’

यो क्षेत्रको विकास र हरेक नागरिकको समृद्धिबाहेक आफूसँग कुनै पनि स्वार्थ नभएको भन्दै उनले विगतमा सुरु भएका विकासका योजनाहरू र आगामी दिनमा पनि यस क्षेत्रको समग्र विकासका लागि फेरि एक पटक चुनाव जित्न आवश्यक रहेको पनि बताए। भौतिक योजना तथा यातायात मन्त्री हुँदा उनले शिलान्यास गरेका नेपालगन्जका दुई ठूला सडक आयोजनाहरूको काम आइतबारदेखि सुरु भएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस