जनमोर्चाको समर्थन एमालेलाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जनमोर्चाको समर्थन एमालेलाई


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । बागलुङमा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ ।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा राष्ट्रिय जनमोर्चाबाट बागी उम्मेदवारी दिएकी दुर्गादेवी घर्ती मगरले नेकपा एमालेले बुर्तिबाङमा गरेको सभामा संवोधन गर्दै आफूले उम्मेदवारी निष्क्रिय पारेर एमालेलाई समर्थन गरेको बताइन् ।

उनले बागलुङका प्रतिनिधि सभाका दुवै र प्रदेश सभाका चार वटै क्षेत्रमा आफूहरूको समर्थन एमालेलाई रहेको बताइन् ।

उनले उम्मेदवारी निष्क्रिय पारेपछि यो क्षेत्रमा अब ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यसअघि जनमोर्चाको विद्रोही समूहका प्रतिनिधि तिलक पुन र एमालेका जिल्ला सचिव विष्णु भुसालले संयुक्त विज्ञप्ति निकालेर विगतको सहकार्यलाई कायम राख्दै बागलुङमा एमालेका उम्मेदवारहरूलाई सहयोग गर्ने बताएका थिए ।

प्रतिनिधि सभातर्फ बागलुङ १ का सत्ता गठबन्धनबाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नै उम्मेदवार छन् ।

क्षेत्र नम्बर २ मा भने जनमोर्चाले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई समर्थन गरेको छ । बागलुङका चार वटै प्रदेश सभा सिटमा सत्तागठबन्धनबाट काँग्रेसका उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस