यस्तो छ घनश्याम भुसालको प्रतिबद्धता पत्र ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

यस्तो छ घनश्याम भुसालको प्रतिबद्धता पत्र !


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

सत्ता गठबन्धनको समर्थनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका भुसालले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

सोमबार सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार अब्दुल रज्जाक र विश्वनाथ यादवसँगै संयुक्त रूपमा उनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, भूमि व्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत, नदी नियन्त्रण तथा तटबन्ध, औद्योगिक तथा व्यावसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक स्रोत साधन गरी १६ वटा विषयमा विभाजन गरी योजना समावेश गरिएको छ।

प्रतिबद्धता पत्र !

आदरणीय मतदाता महानुभावहरू,

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ। संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमार्फत हामी यस निर्वाचनमा सहभागी हुँदै छौँ। राष्ट्रियता, बहुदलीय लोकतन्त्र, समाजवाद, मानव अधिकार, बालिग मताधिकार र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रतिको प्रतिबद्धता गठबन्धनका साझा वैचारिक धरातल र सहकार्यका आधार हुन्।

गठबन्धनको उद्देश्य मुलुकको लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई-दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तत्कालीन सरकार प्रमुखको अनेकौँ स्वेच्छाचारी कदमहरूलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको सबैलाई अवगतै छ।

गठबन्धनका दलहरूको उद्देश्य र लक्ष्यप्रति नेपाली जनताको समर्थन र सहयोग रहँदै आएको छ राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात् गर्दै जनताको सङ्घर्ष र बलिदानबाट स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्ताबेज संविधानमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको छ संविधान र समृद्धिका योजना माथि खतरा कायम रहेसम्म गठबन्धनको औचित्य कायमै रहनेछ।

सङ्घ, प्रदेश र स्थानीय तहका अधिकारहरूको बाँडफाँट र त्यसको कार्यान्वयन सङ्घीयताको मूल मर्म हो। उक्त मर्म अनुरूप विगत सरकारले अधिकार प्रत्यायोजन नगर्दा प्रदेश र स्थानीय तहले अपेक्षा र क्षमता अनुसार काम गर्न पाएनन्। विकासको आधारभूत तह प्रदेश र स्थानीय तहलाई सक्षम र अधिकार सम्पन्न बनाउन गठबन्धनका उम्मेदवारहरू प्रतिबद्ध रहनेछन् रुपन्देहीका गठबन्धनमा आबद्ध सबै दलहरू केन्द्रीय स्तरमा भएको गठबन्धनको आधार र उद्देश्य अनुरूप क्रियाशील हुन प्रतिबद्ध छौँ । रुपन्देही निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवारी भएको छ । यस क्षेत्रमा गठबन्धनमा आबद्ध दलहरू गठबन्धनको उद्देश्यमा स्पष्ट रहँदै जनताको इच्छा, भावना र मर्म अनुसार विकास निर्माण र सामाजिक सांस्कृतिक गतिविधिमा संलग्न र नेतृत्व गर्दै आएका छन्।

क्षेत्र नं. १ को आवश्यकता मध्यनजर गर्दै कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना, शान्ति सुरक्षा, उत्पादन, व्यापार व्यवसाय, सामाजिक सुरक्षा, जातीय- लैङ्गिक विभेद तथा महिला हिंसा विरुद्धको अभियान लगायतका धेरै कामहरू गर्नुपर्नेछ हामी योजना र कार्यक्रमसहित यी कामहरू सम्पन्न गर्न यस प्रतिबद्धता पत्र मार्फत मतदाताहरू समक्ष प्रस्तुत भएका छौँ।

१. शिक्षा

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई देवदह क्षेत्रमा सञ्चालन गरिने छ साथै बौद्धकालीन अध्ययन अनुसन्धान केन्द्र स्थापना गरिनेछ । देवदह आदर्श बहुमुखी क्याम्पस र पशुपति कलेजमा स्नातकोत्तर तह सञ्चालन गरिनेछ ।

राम नरेश आदर्श माध्यामिक विद्यालय परिसरमा स्नातक तहको क्याम्पस स्थापना र सञ्चालन गराइनेछ ।

 क्षेत्रगत रूपमा प्राविधिक शिक्षा स्थापना र सञ्चालन गराइनेछ ।

 क्षेत्रभित्र रहेका विद्यालयहरूमा शैक्षिक गुणस्तर कायम गर्ने विद्यालयलाई स्थायी स्वीकृति दिलाई आवश्यक पर्ने दरबन्दीको व्यवस्था गर्ने नीतिका लागि जोडदार पहल गरिनेछ ।

गुणस्तरीय शिक्षाका लागि प्रविधियुक्त शिक्षण सामाग्री तथा पुस्तकालयको निर्माण गराइनेछ । दक्ष शैक्षिक जनशक्तिका लागि शैक्षिक तालिम र पुरस्कारको व्यवस्था गरिनेछ ।

प्रत्येक विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था र १२ कक्षासम्मको शिक्षा निःशुल्क गराउन पहल गरिनेछ ।

शिक्षा क्षेत्र तथा परिसरहरू अपाङ्ग मैत्री बनाइनेछ

प्रत्येक वडाका माविमा कुनै एक प्राविधिक विषयमा सिप हासिल हुने कोर्स सञ्चालनका लागि विशेष जोड दिइनेछ ।

२. स्वास्थ्य

प्रत्येक पालिकामा अत्याधुनिक प्रविधि र स्तरीय सेवासहितको अस्पताल निर्माण गरिनेछ । • प्रत्येक वार्डका स्वास्थ्य चौकी स्थापना गरी प्राविधिक जनशक्तिको व्यवस्था र नियमित औषधि सेवा उपलब्ध गराइनेछ ।

तिलोत्तमा १७ वि.पी. ग्राममा स्थापना भएको अस्पताललाई यथाशीघ्र सञ्चालनमा ल्याइनेछ।

स्वास्थ्य बिमालाई सरल र सुलभ बनाइनेछ।

आयुर्वेदिक अस्पताल स्थापना गरी प्राकृतिक चिकित्सा र योग शिक्षा सञ्चालन गरिनेछ।

३. कृषि

उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाइनेछ।

प्रत्येक स्थानीय तहमा मलखाद, बिउ-बिजन भण्डारण र वितरण केन्द्र स्थापना गरिनेछ।

कृषि उपज सङ्कलन केन्द्र र शीत भण्डारको यस क्षेत्रमा स्थापना गरिनेछ।

भेटेरिनरी अस्पताल स्थापना र सुलभ सेवा प्रदान गरिनेछ ।

साना सिँचाइ योजना र डिप ट्युबवेललाई नियमित सञ्चालन गरिनेछ ।

घोडाहा बाँध, कजरार बाँध, रोहिणी बाँधमा आधुनिक बाँध निर्माण गरी कुलो या नहरसहित सतह सिँचाइलाई उचित व्यवस्था मिलाइनेछ।  

रासायनिक मल र उन्नत बीउविजनको सहुलियतसहित सहज उपलब्ध गराइनेछ।

रोहिणी बाँधले डुबान भई खेती गर्न नमिल्ने भएका स्थान तिलोत्तमा नगरपालिका- १२ मोहनाजोत भाठा र देवदह-३ मा पानी निकासका लागि पक्की नाला या कुलो बनाई पानी निकास गरिनेछ।

४. खानेपानी तथा सरसफाइ

प्रत्येक वार्डका नागरिकलाई स्वच्छ सफा खानेपानी उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।

सञ्चालनमा रहेका खानेपानी संस्थाहरूको क्षमता वृद्धि गरिनेछ।

सह- लगानीमा सञ्चालित खानेपानी संस्थाको निर्माण र सञ्चालन समयमै सम्पन्न गर्न जोड दिइनेछ।

हरेक स्थानीय तहमा फोहरमैला व्यवस्थापनको लागि प्रविधियुक्त फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइनेछ।

सार्वजनिक स्थलहरूमा आवश्यकताको आधारमा सार्वजनिक शौचालय स्थापना गराइनेछ।

पानीको मुहान संरक्षणका लागि प्राकृतिक स्रोत साधनको उचित प्रयोग गरिनेछ।

५. पर्यटन

गौतम बुद्धको मावली क्षेत्र देवदहलाई नेपाल सरकार पुरातत्त्व विभागबाट उत्खनन गराई अन्तर्राष्ट्रिय सम्पदामा समावेश गर्न पहल गरिनेछ।

बाह्रकुने कुवा, कुवरवर्ती मन्दीरलाई बौद्ध परिपथमा समावेश गराई भवानीपुर, पाकड़ी वृक्ष बैरीमाइ, कन्यमाइ, खयरडाँडा, पुस्करणी दह, माथागढी जस्ता पुरातात्विक स्थानहरूको संरक्षण तथा संवर्द्धन गरिनेछ र पर्यटकीय स्थलका रूपमा विकास गरिनेछ।

रोहिणी बाँधलाई व्यवस्थित गरी जलमार्गको व्यवस्था मिलाई मन्दिर सहितको पर्यटकीय स्थलको रूपमा विकास गराइनेछ।

 ऐतिहासिक मठ मन्दिर तथा विभिन्न धार्मिक एवं जातीय सांस्कृतिक क्षेत्रको संरक्षण र संवर्द्धन गरी पर्यटन विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिनेछ।

जातीय तथा सांस्कृतिक विविधताको संरक्षण गर्दै सांस्कृतिक सङ्ग्रहालयको स्थापना र आयआर्जनको लागि होमस्टे सञ्चालन गरिनेछ।

क्षेत्रभित्र रहेका पार्कहरूको स्तरोन्नति तथा नयाँ पार्कहरूको निर्माण गरिनेछ।

पटखौलीको ओमसतियामाइ, सिलौटियामाइ र छिपागढको बगैचाकुटीको रामजानकी मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनेछ।

६. भूमि व्यवस्था

राष्ट्रिय भूमि आयोगबाट सम्पन्न भएका कामहरूको लालपुर्जा वितरण गरिनेछ। बाँकी कामलाई अविलम्ब सञ्चालनमा ल्याइने छ।

लाल पुर्जा वितरणका लागि तोकिएको राजस्वलाई पुनर्मूल्यन गरी शुल्क घटाइनेछ।

 पुर्जा भएका जग्गाको पुनः नापी गर्नका लागि व्यवस्था मिलाइनेछ ।

पुनरवासको जमिन लालपुर्जा वितरणका लागि पहल गरिनेछ।

७. युवा स्वरोजगार तथा खेलकुद

युवा लक्षित सीप तथा उद्यमशीलता विकास गर्न आधुनिक यन्त्र, उपकरण सञ्चालन मर्मतसम्बन्धी तालिमहरूलाई प्राथमिकता।

रोजगार सूचना केन्द्रको निर्माण गरिनेछ।

पालिका स्तरीय खेल मैदानहरूको निर्माण गरिनेछ।

विगतमा घोषित रङ्गशालाहरूको निर्माण सम्पन्न गरिनेछ ।

लागुऔषध तथा दुर्व्यसनीहरूका लागि सुधार गृहको निर्माण गरी स्वरोजगार तालिमको आवश्यक प्रबन्ध गरिनेछ।

८. भौतिक पूर्वाधार तथा सडक

अमुवा भन्सार- धकधइ-खैरेनी हुँदै पाल्पा गोठादी मार्ग नालासहित सडक स्तरवृद्धिको कार्य सम्पन गरिनेछ।

मंगलापुर कान्छी बजार-गुम्मी-शंकरपुर-बेतानी हुँदै परासी जोड्ने सडक नालासहित स्तरवृद्धि गरिनेछ।

वसन्तपुर हाटी फर्साटिकर-कान्छी बजार हुँदै भलुही बाहिरी निकासी सडकको रूपमा विकसित गरिनेछ।

बरेवा भन्सार कोटहवा सेमरहवा-जमूहानी ६ न. चोक देवी स्थान हुँदै देवदह नगरपालिकाबाट खैरेनी मार्ग नालासहित सडक स्तरवृद्धि गरिनेछ ।

भलुही-बाघ कुमार-विशालनगर-बंगाली-पिपरहिया हुँदै केरवानी जाने बाटो पक्की गरिने छ।

गणेश नगर प्रदीपनगर- शिवपुर-विष्णुपुरा-बरवलिया-पपरहिया-अमरहवा हुँदै बेलहिया बाइपास सडक जोड्नेछ।

तिलोत्तमा चक्रपथ सडकलाई निरन्तरता दिइनेछ।

देवदह-ओमसितया, रोहिणी-तिलोत्तमा समेटेर बृहत् चक्रपथ निर्माण गरिनेछ।

शितलनगर-शान्तिनगर हुँदै भवानीपुर सडक नालासहित स्तरवृद्धि गरिनेछ।

शान्तिनगर मुखियाटोल हुँदै विशालनगर जाने सडक नालासहित स्तरवृद्धि गरिनेछ।

देवदह मा.वि. हुँदै लुम्बिनी विश्वविद्यालय जाने सडक नालासहित स्तरवृद्धि गरिनेछ।

भलुही-केउली सटक खोला र उजेली खोला सडक नालासहित स्तरवृद्धि गरिनेछ।

बुद्धनगर शरनवारी जाने कृषि सडक नालासहित स्तरवृद्धि गरिनेछ।

ठुटीपिपल-वरकुलाहा करुवानी-कानपारा हुँदै देवदह १२ जनौरा जोड्ने सडक नालासहित स्तरवृद्धि गरिनेछ।

भलवारी-रामनगर-हरैया हुँदै शिवपुर सडक नालासहित स्तरवृद्धि गरिनेछ।

गणेशनगर-शिवपुर-बुधबारे मक्रहर-वेवरा जाने सडक नालासहित स्तरवृद्धि गरिनेछ।

चौकीडाँडा-बर्मेली टोल-तुकतुकिया-मोहनाजोत-९ नम्बर बजार सडक नालासहित स्तरवृद्धि गरिनेछ।

९ न. बजार – वसन्तपुर-सूर्यपुरा सडक नालासहित स्तरवृद्धि गरिनेछ।

मिर्गौली-पिपलडाँडा-तुकतुकिया मैनहवा-वेवरा सडक नालासहित स्तरवृद्धि गरिनेछ।

कोटिहवा-पर्सहवा-पिपरहिया-गंगौलिया-बरौलिया सडक नालासहित स्तरवृद्धि गरिनेछ।

बैकुण्ठपुर-खुरहुरिया-भटपुरवा सडक नालासहित स्तरवृद्धि गरिनेछ।

अमुवा-टिकर-बुधबारे बुचिवरेवा सडक नालासहित स्तरवृद्धि गरिनेछ।

प्रादेशिक यातायात योजना अन्तर्गत यस क्षेत्रका सडकहरूलाई समावेश गरिनेछ।

९. विद्युत

 देवदह सवस्टेशनको स्तरोन्नति गरिनेछ।

नयाँ बस्तिहरूमा विद्युतिकरण गरिनेछ।

आवश्यक ठाउँमा तार र ट्रान्सफर्मरको व्यवस्था गरिनेछ।

ट्रान्सफर्मरहरूको स्तरोन्नति गरिनेछ।

बजार क्षेत्र र आवश्यक ठाउँमा सडक बत्ती जडान गरिनेछ।

सिँचाइको लागि आवश्यक विद्युत न्यूनतम शुल्कमा तुरुन्त व्यवस्था गरिनेछ ।

यस क्षेत्रलाई पूर्ण विद्युतिकरण क्षेत्र घोषणा गरिनेछ।

१०. सञ्चार

टेलिकम सेवाहरूको विस्तार गरिनेछ।

आवश्यक स्थानमा मोबाइल नेटवर्कका लागि टावरहरू जडान गरिनेछ।

११. पुल तथा कलभर्ट

केरवानी उखुवारी निर्माणाधीन पुल निर्माण सम्पन्न गरिनेछ।

ओम सतिया ३ र ५ जोड्ने गौरीघाटमा पुल निर्माण गरिनेछ।

बौद्ध विश्वविद्यालय निर्माण स्थलदेखि घोडाहा आराम टोल जोड्ने घोडाहा खोलामा पुल निर्माण गरिनेछ।

मुखिया टोल भवानीपुर जोड्ने खोलामा पुल निर्माण गरिनेछ।

बङ्गाली साठीवारी जोड्ने बङ्गाली खोलामा पुल निर्माण गरिनेछ।

समैया मन्दिर टटेरा जोड्ने रोहिणी पुल निर्माण गरिनेछ।

प्रगतिनगर तिलोत्तमा नगरपालिका १२ वसन्तपुर फूलबारी जोड्ने रोहिणी पुल निर्माण गरिनेछ।

रोहिणी १ र २ वडा जोड्ने रोहिणी नदीमा पुल निर्माण गरिनेछ।

१२. नदी नियन्त्रण तथा तटबन्ध

बहुवर्षीय योजना अनुरूप नदी कटान रोक्न एकीकृत कार्ययोजना डिपिआर तयार गरी निम्नस्थानहरूमा तटबन्धन गर्ने कार्य अगाडि बढाइनेछ।

सुखौरा खोला प्रभावित क्षेत्र 

भलुही खोला प्रभावित क्षेत्र

रोहिणी खोला प्रभावित क्षेत्र

 बङ्गाली खोला प्रभावित क्षेत्र

घोडाहा खोला प्रभावित क्षेत्र

 कजरार खोला प्रभावित क्षेत्र

त्रिशूली खोला प्रभावित क्षेत्र

 माहो खोला प्रभावित क्षेत्र

खहरे खोला (चरङ्गे) प्रभावित क्षेत्र

डण्डा खोला प्रभावित क्षेत्र

Tags :
प्रतिक्रिया दिनुहोस