इंग्लिस प्रिमियर लिग : लिभरपुल विजयी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इंग्लिस प्रिमियर लिग : लिभरपुल विजयी


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २-१ गोल अन्तरले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाह नायक बने । उनले लिभरपुलका लागि दुबै गोल गरे ।

खेलको ११ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । सलाहले खेलको ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७० औं मिनेटमा टोटेनहमका ह्यारी केनले सान्त्वना गोल फर्काएपनि लिभरपुल विजयी भयो । जितसँगै लिभरपुलले १३ खेलमा १९ अंक जोडेको छ ।

लिभरपुल आठौं स्थानमा रहेको छ । टोटेनहम २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस