खगराज भट्ट भावी मुख्यमन्त्री हुन् : देउवा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

खगराज भट्ट भावी मुख्यमन्त्री हुन् : देउवा


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ ।  चार दिनदेखि गृहजिल्ला डडेल्धुरामा आसन्न मङ्सिर ४ गते हुने निर्वाचन लक्षित चुनावी सभामा रहेका प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज यहाँको भित्री मधेसका दुई पालिकामा सम्बोधन गरे ।

दिउँसो आलिताल गाउँपालिकाको गोदाम बजार नजिक आयोजित चुनावी सभा सम्बोधनपछि प्रधानमन्त्री देउवाले परशुराम नगरपालिकाको जोगबुढामा अर्को चुनावी सभालाई सम्बोधन गरे ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यको उमेदवार बनेका छन् । यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो सम्बोधनका क्रममा आसन्न निर्वाचनपछि गठबन्धनको सरकार बन्ने र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) का नेता तथा डडेल्धुराबाट प्रदेशसभा १ का उमेदवार रहेका खगराज भट्टलाई बनाउने बताए ।

“मेरो पार्टीले पनि भने त भइहाल्यो नि ! यसपछि गठबन्धनको सरकारमा मुख्यमन्त्री खगराज भट्ट नै हो,” जोगबुढा सभामा बोल्दै देउवाले भने, “तपाईँहरू जिताएर पठाउनुस् ।” राष्ट्रिय राजनीतिदेखि डडेल्धुराका साथै सुदूरपश्चिमको विकासका विषयमा समेत बोल्दै देउवाले यहाँ गठबन्धनले जिते सुदूरपश्चिममा विकास धेरै हुने बताए । 

परशुराम नगरपालिका-५ परिगाउँस्थित महाकाली नदीमा पक्की पुल बनाउन भारतीय प्रधानमन्त्रीसित कुराकानी गर्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस