२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापतिसहित रक्षा सचिव शर्मा निरीक्षण भ्रमणमा, सुरक्षा योजनाबारे जानकारी

अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आइतबार दुई पृतना हेडक्वार्टर र एक गणको निरीक्षण भ्रमण गरेका छन् । शर्माले रुपन्देहीको बुटवलस्थित मध्य पश्चिम पृतना हेडक्वार्टर, कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा भरतपुरस्थित रणसिंहदल गणको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको क्रममा उनले पृतना हेडक्वार्टरहरु तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरूसँगको समन्वयसहित आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकीकृत सुरक्षा योजनाबारे जानकारी हासिल गरेका थिए । साथै गणको वस्तुस्थितिका बारेमा जानकारी लिँदै आवश्यक निर्देशन दिएका छन्। आजै, प्रधान सेनापति शर्माले निर्वाचनको सुरक्षार्थ कपिलवस्तुको चन्दौटा इलाकामा स्थापना भएको कम्पनी अपरेटिङ बेसको पनि निरीक्षण गरेका छन् ।

रक्षा सचिव किरणराज शर्माको सहभागिता रहेको उक्त निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति शर्माले लुम्बिनी प्रदेशका प्रदेश सचिव दीपक कुमार काफ्ले तथा रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरूसँग अन्तरक्रिया समेत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति  शर्माले सोमबार सुर्खेतको निमारेस्थित  उत्तर पश्चिम पृतना हेडक्वार्टरलगायतको निरीक्षण भ्रमण  गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस