टी-२० विश्वकप : भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा, यस्तो छ सेमिफाइनल भिडन्त ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टी-२० विश्वकप : भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा, यस्तो छ सेमिफाइनल भिडन्त !


२० कार्तिक २०७९, आइतबार


काठमाडौं । भारतले शीर्ष स्थानमा रहँदै अस्ट्रेलियामा जारी आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मेलबर्नमा आइतबार समूह चरणको अन्तिम खेलमा जिम्बावेलाई ७१ रनले हराउँदै भारत समूह विजेताको रूपमा अन्तिम चारमा पुगेको हो ।

भारतले दिएको १ सय ८७ रन को लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाउन सक्यो ।

जिम्बावेका लागि रायन ब्रुलले ३५ रन जोड्दा सिकन्दर राजाले ३४ रन बनाए ।

कप्तान क्रेइग इर्भिनले १३ तथा सिन विलियम्सले ११ रन बनाए ।

भारतका रविचन्द्र आश्विनले ३ तथा मोहमद सामी र हार्दिक पाण्डयले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो ।

भारतका लागि सूर्यकुमार यादवले अविजित रहँदै ६१ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै केएल राहुलले ५१ रनको अर्धशतकीय इनिङ खेले । विराट कोहलीले २६ रन जोड्दा हार्दिक पाण्डयले १८ तथा कप्तान रोहित शर्माले १५ रन जोडे ।

जिम्बावेका सिन विलियम्सले २ विकेट लिए । जितसँगै भारतले समूह २ मा ५ खेलमा ८ अङ्क जोड्यो । र, शीर्ष स्थानमा रह्यो ।

जिम्बावे भने ३ अङ्क जोडेर समूहको पुछारमा रह्यो । यस समूहबाट पाकिस्तान दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुग्यो ।

पाकिस्तानले ५ खेलमा ६ अङ्क जोड्यो । भारतको यस जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ ।

अब सेमिफाइनलमा भारतले इंग्ल्यान्ड तथा न्युजिल्याण्डले पाकिस्तानको समान गर्नेछ । समूह १ बाट न्युजिल्याण्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस