जुवा तास खेलिरहेको अवस्थामा नयाँ बजारबाट १० जना पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जुवा तास खेलिरहेको अवस्थामा नयाँ बजारबाट १० जना पक्राउ


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ नयाँबजार गीताञ्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जना छन् । उनीहरूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

श्रेष्ठको घरमा जुवा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले  उनीहरूलाई २ लाख ४२ हजार रुपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटासहित पक्राउ गरेको हो ।    

Tags :
प्रतिक्रिया दिनुहोस