आइसिसी टी-२० क्रिकेट : पाकिस्तान र बङ्गलादेश तथा भारत र जिम्बाव्बे भिड्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आइसिसी टी-२० क्रिकेट : पाकिस्तान र बङ्गलादेश तथा भारत र जिम्बाव्बे भिड्दै


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटमा आइतबार पाकिस्तान र बङ्गलादेश तथा भारत र जिम्बाब्वे भिड्दै छन्।

अस्ट्रेलियामा जारी विश्वकप प्रतियोगिताअन्तर्गत समूह २ का पाकिस्तान र बङ्गलादेशबिचको खेल बिहान पौने १० बजे सुरु हुँदैछ। यो खेलमा बङ्गलादेशलाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्ने लक्ष्यमा पाकिस्तान हुनेछ।

समूहमा समान अङ्क जोडेको बङ्गलादेश पनि सेमिफाइनलकै लक्ष्यमा हुनेछ । यही समूहका भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा हुँदैछ। भारत पनि आइतबारको खेल जित्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्ने दाउमा हुनेछ। भारत समूह २ का चारमध्ये तीन खेल जितेर ६ अङ्कसहित शीर्ष स्थानमा छ।

अस्ट्रेलियामा भइरहेको आइसिसी टी–२० विश्वकपमा सुपर १२ अन्तर्गत ग्रुप २ को खेलमा आइतबार नै भएको पहिलो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस