प्रधानमन्त्री कप : आज पनि दुई खेल हुने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री कप : आज पनि दुई खेल हुने


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार पनि दुई खेल हुने छन्।

मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबिच खेल हुनेछ। यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेश खेल्नेछन्।

यसअघि शनिबार भएको त्रिवि मैदानमा खेलमा कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपीएफ सेमिफाइनलमा प्रवेश गरेको थियो।

शनिबार मूलपानी मैदानमा सम्पन्न अर्को खेलमा मधेस प्रदेशले लुम्बिनीलाई ९२ रनले पराजित गरेको छ।

प्रतिक्रिया दिनुहोस