२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा डेंगी सङ्क्रमित बढ्दै

अ+ अ-

तनहुँ । चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेंगीको सङ्क्रमण बढ्दो क्रममा छ । डेंगी सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरूमा सङ्क्रमितको भिड लागेको छ ।

कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा दिवस ढकालले जानकारी दिए । उनका अनुसार २१५ जनाको नमुना परीक्षणमा सबैमा डेंगी सङ्क्रमण देखिएको हो ।

जिल्लामा भदौको अन्तिम सातादेखि डेंगीको सङ्क्रमण फैलिएको थियो भने असोजमा मात्रै एक सय एक जनामा सङ्क्रमण पुष्टि भएको डा ढकालले बताए । डेंगीको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने जस्ता लक्षण देखिने उनको भनाइ छ ।

डेंगीको सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । डेंगीबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले लामखुट्टेको बासस्थान मास्ने, सरसफाइ लगायतको सचेतनात्मक कार्यक्रम समेत सञ्चालन भइरहेको अधिकारीले बताए ।

डेंगी लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिने, सफा राख्न स्वास्थ्य कार्यालयले सबैसँग आग्रह गरेको छ । साथै डेंगीसँग मिल्दाजुल्दा लक्षण देखिने बित्तिकै चेक जाँच गराउन कार्यालयले अनुरोध गरेको छ ।

‘रोग नियन्त्रण, न्यूनीकरण र रोकथामका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजौँ र नष्ट गरौँ भन्ने नारा सहित अभियान सञ्चालन गरिएको छ,’ अधिकारीले भने,‘लामखुट्टेको बासस्थान नष्ट पार्नु नै सबैभन्दा प्रमुख रोकथामको उपाय हो ।’

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन् । एडिस लामखुट्टेले मानिसलाई दिउँसो मात्र टोक्छ ।

प्रतिक्रिया दिनुहोस