प्रधानमन्त्री र सेनाले आफूमाथि आक्रमण गराएको इमरान खानको आरोप « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री र सेनाले आफूमाथि आक्रमण गराएको इमरान खानको आरोप


१९ कार्तिक २०७९, शनिबार


काठमाडौँ । पाकिस्तानी पूर्व प्रधानमन्त्री एवं तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले प्रधानमन्त्री शहबाज शरिफले आफूमाथि आक्रमण गराएको आरोप लगाएका छन्।

बिहीबार गुजरवालामा एक व्यक्तिले आफूमाथि गोली प्रहार गरेको एक जनाको मृत्यु भएको घटनामा पूर्व क्रिकेटर समेत रहेका खान प्रधानमन्त्रीविरुद्ध खनिएका हुन्।

उनले आक्रमणमा गृहमन्त्री र एक सैनिक जनरलको पनि संलग्न भएको जिकिर गरेका छन्। लाहोरको शौकत खानम अस्पतालबाट सम्बोधन गर्दै खानले प्रधानमन्त्री शरिफ, गृहमन्त्री राणा सनाउल्लाह र सैनिक जनरल फैसला नासिरले आफूविरुद्ध हत्याको योजना बनाएको दाबी गरे।

खानको आरोपपछि पाकिस्तानी सेनाले झुठा आरोपविरुद्ध कानुनी कारबाहीको प्रक्रिया थाल्ने बताएको छ। गृहमन्त्री सनाउल्लाहले पनि आरोपको खण्डन गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस