मलाई बूढो भन्ने ओलीजी कसरी तन्नेरी हुनुभयो ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मलाई बूढो भन्ने ओलीजी कसरी तन्नेरी हुनुभयो ?


१९ कार्तिक २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले कञ्चनपुरको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू लक्षित उत्तेजित भाषण गरेको जनाएका छन् ।

कञ्चनपुरको चुनावी सभामा डडेलधुरामा नेपाली काँग्रेस बिपीका उम्मेदवार कर्ण मल्ललाई एमालेले समर्थन गर्ने घोषणा गर्दै गर्दा दर्शक दीर्घाबाट ‘भीम रावल, भीम रावल’ नारा लागेपछि अध्यक्ष ओली आक्रोशित बनेका थिए ।

अध्यक्ष ओलीले जवाफ दिँदै भने, ‘भीम रावलको तपाईँलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन, बूढो भइसक्नु भयो, बेकार किन भीम रावलको चिन्ता, अरूलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरू हुनुहुन्छ नि त सुदूरपश्चिममा थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ ।’

रावलले प्रतिक्रिया दिँदै उक्त अभिव्यक्तिले उनीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदाङ्गो भएको जनाएका छन्। रावलले ४८ सालदेखि निरन्तर सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री भएका ओलीलाई पुन : किन उठेको भनेर प्रश्न गरेका छन् । रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नु होस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ, कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’ का लागि किन मुख बाउनु भएको त ?’

Tags :
प्रतिक्रिया दिनुहोस