डडेल्धुरामा देउवा : आज २ चुनावी सभालाई सम्बोधन गर्ने « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

डडेल्धुरामा देउवा : आज २ चुनावी सभालाई सम्बोधन गर्ने


१९ कार्तिक २०७९, शनिबार


काठमाडौँ । चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज दुई वटा सभालाई सम्बोधन गर्दै छन्।

उनले आज बिहान साढे ११ बजे अजय मेरु गाउँपालिका भद्रपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। आजै दिउँसो साढे २ बजे भागेश्वार गाउँपालिका रुपालमा हुने सभालाई पनि देउवाले सम्बोधन गर्नेछन्।

कात्तिक १७ गतेदेखि गृह जिल्लामा रहेका प्रधानमन्त्री देउवाले हिजो नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गरेका थिए।

भोलिसम्म डडेल्धुरामा रहने देउवाले भोलि आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने नेपाली काँग्रेस डडेलधुराले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस